पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैन : मन्त्री किराती « Khabarhub

पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैन : मन्त्री किराती


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताएका छन् । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा उनले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिए ।

“विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौँ”, उनले भने, “यहाँको प्रकृति आफैँमा सुन्दर छ । डाँडाडाँडामा भ्युटावर जरुरी छैन । श्रमबाट संरक्षण गरौँ, डोजरबाट होइन ।” नेपालको पर्यटन विकासले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार गरेर अगाडि बढ्नुपर्ने तर्क गरे।

सांसद महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भए पनि यस वर्ष बजेट विनियोजन नहुनु दुःखत रहेको बताए । उनले सम्भावना नै सम्भावना भएको इलामको राजमार्ग अस्तव्यस्त अवस्थामा रहेको बताउँदै यसलाई व्यवस्थित गर्न आफूले जोड दिइरहँदा पनि बजेटको व्यवस्थापन हुन नसकेको जानकारी गराए ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि कति पनि कञ्जु्याइ नगरी काम गरिरहेको बताए । उनले हरेक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यस आवका लागि लम्पी स्किनले किसानका गाईवस्तुमा पुर्याएको क्षतिपूर्तिका लागिसमेत बजेट विनियोजन गरेको बताए।

सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा साहित्यकार, पत्रकार, किसान उद्यमी, जग्गादाता, कर्मचारी, उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, विद्यार्थी, उपभोक्ता समिति, टोललगायतका क्षेत्रमा काम गरेका २६ जनालाई सम्मान गरियो । सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब २६ करोड २६ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : १२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील