मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : शेखर कोइराला


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले मुलुकको विकासका निम्ति भ्रष्टाचार र दण्डहिनताको अन्त्य हुनुपर्ने बताए।

नेता डा कोइरालाले मुलुकको भविष्य बनाउने जिम्मा विद्यार्थीका काँधमा रहेकाले यसप्रति सचेत र सजग रहन आग्रहसमेत गरे । उनले मुलुकमा विकासको गतिलाई तीव्रता दिन राजनीतिक स्थायित्व आवश्यक रहेको विचार व्यक्त गरे ।

नेविसङ्घ मोरङ सभापति सरोज पोखरेल, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, महानगर सभापति दीपक चापागाईं, कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेविसङ्घ पूर्वसहमहामन्त्री कृष्ण कार्की, कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतलगायतले भातृ सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : २४ बजे

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको