प्रोटिनको स्रोत गेडागुडी : आज क्वाँटी खानुका फाइदा « Khabarhub

प्रोटिनको स्रोत गेडागुडी : आज क्वाँटी खानुका फाइदा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

आज जनै पूर्णिमा। आज हरेकको घरमा क्वाँटी बनाएर खाइन्छ। जनै पूर्णिमाको दिन विभिन्न ११ प्रकारका गेडागुडी मिसाएर क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ। स्वास्थ्यका हिसाबले क्वाँटीका धेरै फाइदा छन्। त्यस कारण वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिँदैन। वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्त्व पाउन पनि सकिँदैन। टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु। समय समयमा खाइरहनुपर्छ। अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ। धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएपछि टुसा उम्रिन्छ। त्यसलाई नै क्वाँटी बनाइन्छ। क्वाँटी खाँदा शरीरमा के कस्ता फाइदा हुन्छन् ? कति मात्रामा खाने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि पोषणविद् उमा कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :

जनै पूर्णिमाको दिन नै क्वाँटी किन खानु पर्छ ?
नेपाल कृषि प्रधान देश हो। असार साउनमा खेतीपातिको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको अनुमान गर्न सकिन्छ। जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाती’ शब्दबाट बनेको हो। जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाती’ वा ‘क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ। शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यकता पर्छ। त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ।

क्वाँटी किन टुसा उमारेर नै खाइन्छ ?
गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ। भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ। गेडागुडीलाई भिजाएर तथा टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व झन् धेरै बढ्छ। गेडागुडी प्रोटिनको राम्रो स्रोत हो।

आइरन, क्याल्सियम, भिटामिन र मिनिरल्स यसमा प्रशस्त मात्रामा पाइन्छ।अहिले क्वाँटी खानु स्वास्थ्यको लागि झन् धेरै महत्त्वपूर्ण छ। हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ। जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ। जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्नुका साथै यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्छ।

हामीले क्वाँटी खादा कति मात्रामा खाने ?
क्वाँटीबाट प्रोटिन मिल्छ भन्दैमा वा मिठो लाग्यो भन्दैमा एकै पटक धेरै मात्रामा खानु हुँदैन। किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ। तब युरिक एसिड बढ्ने डर एकदमै हुन्छ। र यसको भार मिर्गौलामा पर्नसक्छ। अत्यधिक वा अनियन्त्रित क्वाँटी खाँदा त्यसले मिर्गौलालाई असर गर्छ। त्यसैले जसलाई यस्ता रोग युरिक एसिड वा मिर्गौला सम्बन्धी रोग लागेको छ भने उनीहरूले क्वाँटी खादा थोरै मात्रामा खानुपर्छ।

क्वाँटीका खानुका फाइदाहरू के के हुन् ?
-क्वाँटीका खाँदा यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
-बालबालिकाको वृद्धि विकासमा सहयोग गर्नाको साथै कुपोषणबाट बचाउँछ।
-स्मरण शक्ति वृद्धि तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
-तत्काल आवश्यक ऊर्जा प्राप्त हुन्छ।
-मांसपेशीको मर्मत सम्भारमा सहयोग गर्छ।
-रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ।
-क्वाँटीले कब्जियत हटाउनुका साथै पाचन शक्तिमा सुधार गर्छ।
-मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ।
-उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
-कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
-शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
-पौष्टिक तत्त्व पर्याप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।
-क्वाँटीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन सी, भिटामिन ‘ई’ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : ११ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक