राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो « Khabarhub

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो


१४ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । 

पुर्ख्यौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।

गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित पाँच लाख बजेटमा एक सय ७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिका उपप्रमुख कौशिला गुरुङले जानकारी दिइन् । पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचालगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताइन् ।

दश स्थानीय तह रहेको जिल्लामा विशेष गरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । जिल्लाका कतिपय गुरुङ समुदायका महिलाले राडीपाखी बुनेर आएको आम्दानीबाटै आफ्नो घरपरिवारको गर्जो टार्ने गरेका छन् ।

जिल्लाको हौंचुर, पोखरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुइपा, साब्रु, बाक्सिलालगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायका महिलाले पुस्तौँदेखि चल्दै आएको राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । राडीपाखी व्यवसाय जिल्लाका गुरुङ समुदायका महिलाको नगद हात लाग्ने प्रमुख पेसाको रुपमा चिन्ने गरिन्छ ।

जिल्लामा उत्पादित अधिकांश राडीपाखी जिल्ला बाहिर राजधानी काठमाडौँलगायतका ठाउँमा निर्यात हुने गरेको छ । जिल्लाका महिलाले आफ्नै तरिकाले परम्परागत रुपमा उत्पादन गर्दै आएका राडीपाखीलाई प्रवर्द्धन गर्न पछिल्लो समय स्थानीय तहले सहयोग गर्न थालेका छन् । 

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ११ : ३९ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा