जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने « Khabarhub

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।

 हाल पार्टीले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशिक संरचनाले  पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १ : १६ बजे

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर