सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट « Khabarhub

सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट


१४ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपुर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन ।

ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हरिपुर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए। चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको हो भने हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजानिक नभएको बताइएको छ ।

 जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालु आबको बजेट ल्याइसकेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  २ : ४२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि