जनैपूर्णिमाका अवसरमा विशेष मेला « Khabarhub

जनैपूर्णिमाका अवसरमा विशेष मेला


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– जनैपूर्णिमाका अवसरमा आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित तेमाल नारायणस्थान, बनेपाको गोसाइँस्थानरोशीको ताराखसे लेकमा विशेष मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्नेहरूले यहाँका तीर्थस्थलमा पुगेर पूजा एवं दर्शन गर्दछन् ।

पर्वका अवसरमा विभिन्न समुदायका मानिस तेमालस्थित नारायणस्थानमा पुगेर सत्यनारायण मन्दिरको दर्शन गर्दछन् । सो क्रममा झाँक्री भेषभुषामा सजिएर ढ्याङ्ग्रो बजाउँदै विभिन्न स्थानबाट तेमालस्थित सत्यनारायणको मन्दिर दर्शन गर्ने प्रचलन रहेको छ । हिन्दु धर्मावलम्बीले जनैपूर्णिमा र बौद्ध धर्मावलम्बीले गोन ङ्हयाकारुपमा यस पर्व मनाउने गर्दछन् । 

पर्वका अवसरमा तेमाल गाउँपालिकाले बुधबारदेखि भोलि तीन दिनसम्म सार्वजनिक बिदा दिएको छ । पोखरी नारायणस्थानमा रहेको सत्यनारायणको मन्दिरमा लाग्ने जात्राका लागि पालिकाभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ ।

तेमालमा सांस्कृतिक पर्वका रुपमा मनाइने जात्राको अवलोकनका लागि पालिकासहित आसपासका पालिका एवं छिमेकी जिल्लाबाट समेत दर्शनार्थी र भक्तजन उपस्थित हुने भएकाले तीन दिनसम्म सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै, बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने जात्राका लागि आवश्यक तयारी भइसकेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताए । परापूर्वकालदेखि लाग्दै आएको गोसाइँस्थान मेलामा बनेपा, धुलिखेल, पाँचखालसहित जिल्ला बाहिरबाट समेत दर्शनार्थीको घुइँचो लाग्ने गरेको उनले बताए।

रोशी गाउँपालिका–३ मा पर्ने ताराखसे लेकमा रहेको पोखरी आसपासमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यहाँ महाभारत, खानीखोला र रोशी गाउँपालिकाका नागरिक पुग्ने गर्दछन् । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ०३ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने