मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिन्छ : पूर्वअर्थमन्त्री पाण्डे « Khabarhub

मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिन्छ : पूर्वअर्थमन्त्री पाण्डे


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता : प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका हुन् ।

कार्यक्रममा उनले अध्ययनका लागि युवाहरुलाई विदेश जानबाट रोक्न मुलुकमै ठूला र स्तरीय विद्यालयको स्थापना हुनुपर्ने बताए । उनले नेपालमा वाह्यका साथै आन्तरिक ऋण पनि बढ्दै गएको उल्लेख गरे । कार्यक्रममा उनले बजेटमा उल्लेख भएको अनुपातमा वाह्य ऋण २० प्रतिशत र अनुदान १५ प्रतिशतको हाराहारीमामात्रै आउने बताए ।

अहिले करको भार धेरै भएका कारण नेपाली व्यापारीहरु चिनियाँ सामान किन्नका लागि भारत जाने गरेको अवस्था रहेको बताए ।

उनले अहिले एकातिर भारतले चामल निर्यातमा कर लगाएको र नेपालले पनि कृषिजन्य वस्तुमा भ्याट लगाएको एवम् अर्कोतर्फ आन्तरिक उत्पादन पनि अपेक्षाअनुसार नभएका कारण खानै नपाएर मान्छे मर्ने अवस्था आउने होइन भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले अपेक्षाअनुसार राजश्व उठ्न नसकेका कारण यो आर्थिक वर्ष चुनौतिपूर्ण हुने जिकिर गरे ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ३० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि