भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा « Khabarhub

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छिन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गरेकी हुन् ।

उहाँ महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठीमा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”, उनले भने, “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’ बारे अन्तरक्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए ।

भदौ १५ गतेदेखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : २७ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच