दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा काठमाडौँमा गाईजात्राको रौनक, प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट, मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत, अब समग्र जीवन राष्ट्रका लागि अर्पण गर्छु : प्रधानमन्त्री, पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन, एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने माधव नेपालको दाबीलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो ।

मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिन्छ : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता स् प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले विकासका लागि सबै मित्रराष्ट्रहरुको सहयोग चाहिने बताएका हुन् ।

मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता स् प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले कोरोना महामारी र अन्तराष्ट्रिय परिवेशका कारण केहि प्रभाव परेपनि आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

पुराना कर्मचारीको सरुवा गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले लामो समयदेखि एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारीको सरुवा गर्न निर्देशन दिएका छन्।

एउटै व्यक्ति लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नपाउने भन्दै उनले त्यस्ता कर्मचारीको अन्यत्र सरुवप्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको र यसलाई सफल हुन नदिने बताए ।

अब समग्र जीवन राष्ट्रका लागि अर्पण गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ संकल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेर मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिङ्गो जीवन अर्पण गर्ने बताएका हुन् ।

‘सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेका छन्’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेको टिप्पणी गरेका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यो सरकार कतिसम्म चल्छ भन्ने आफूलाई कुनै टेन्सन भएको पनि बताए ।

काठमाडौँमा गाईजात्राको रौनक

सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलिरहेको छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहानैदेखि मानिसको भीड लागेको छ ।

प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको छाउनी पुगी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि भर्ना भएका मन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड सैनिक अस्पताल छाउनी पुगेका हुन् ।

विदेशीहरु हिचकिचाए, लगानी भित्रन सकेन : पूर्वअर्थमन्त्री शर्मा

पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालमा जोखिमपूर्ण अवस्थामा लगानी गर्न विदेशीहरु हिचकिचाउने भएकाले गर्दा लगानी भित्रन नसकेको बताएका छन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा बिहीबार इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आईएसएसआरले आयोजना गरेको ‘साना राष्ट्रको क्षमता स् प्रतिस्पर्धाको परख र नेपालको परराष्ट्र नीतिका प्राथमिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिका कारण विभिन्न देशले नेपालमा लगानी गरेको भन्दै लगानी प्रयासलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना
भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो ।

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीले लगाए ताला
त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच हिजो भएको सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।

उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरूले ताला लगाएका हुन् ।

चितवन मेडिकल कलेज : सात हजार बढी मुटुको शल्यक्रिया
चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ९ : ०४ बजे

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौं– जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली– जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट

तनहुँ– बडादशैँलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा तीन लाख

हेटौँडा–काठमाडौं यात्रामा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

मकवानपुर– हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३

पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट