संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (फोटो फिचर) « Khabarhub

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा (फोटो फिचर)


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आइपुगेका छन्। मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन्।

महासचिव गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट आएका हुन्। महासचिव गुटरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पहिलै आइसकेका थिए। महासचिव गुटेरेस पोखराबाट सिधै लुम्बिनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनी आएका हुन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरे 

महासचिव गुटरेस डेढ घण्टा लुम्बिनीमा रहे । गुटरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गरेका छन। शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गए ।

गुटरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देशसहितको सम्बोधन गरे  । करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ४२ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव