गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि प्रधानमन्त्रीलाई सिद्धार्थ सञ्जालको पत्र « Khabarhub

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि प्रधानमन्त्रीलाई सिद्धार्थ सञ्जालको पत्र


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सिद्धार्थ सञ्जाल, रूपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामित्व रहेको नेपाल वायुसेवा निमगको जहाजहरुबाट उडान भर्न अपील गरेको हो ।

विमानस्थल सञ्चालनमा नआए यहाँका आम नागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिन, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । 

यहाँको समग्र पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, आन्तरिक उडानहरू थप गर्न, बेलहिया नाका व्यवस्थापन, रेल कनेक्टिभिटी लगायतका विषयमा तत्काल सरकारले उचित कदम चाल्न आवश्यक रहेको सिद्धार्थ सञ्जाल, रूपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

‘यथाशक्य विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालयको स्थापना गर्न सरकारको पूर्ण ध्यानाकर्षण होस् भन्ने चाहन्छ,’ ज्ञवालीले भने ।

लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताए ।

‘यस्ता धेरै पर्यटन व्यवसायी छिटै सडकमा आउने निश्चित छ । एकातिर निजी क्षेत्रको अरबौँ लगानी खेर गइरहेको छ भने अर्कोतर्फ एडिबीको करिब ४३ अर्ब लगानी जोखिममा छ,’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा अब यहाँका उद्योगी व्यवसायी तथा आम नागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेको ज्ञवालीले बताए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भिर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्डले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौँला भन्नुभएको छ,’ ज्ञवालीले भने ।

त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

सोमबार सिद्धार्थ सञ्जाल रूपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी विमानस्थल सञ्चालनमा नआए आन्तरिक उडानदेखि बेलहिया नाका ठप्प पार्नेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : ०१ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक