महासचिव गुटेरेसको सम्बोधन : बहुआयामिक सन्देश प्रवाह « Khabarhub

महासचिव गुटेरेसको सम्बोधन : बहुआयामिक सन्देश प्रवाह


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखले दिएका छन् । 

महासचिव गुटेरेसको सम्बोधनपछि पूर्वसभामुख अग्निप्रसाद सापकोटाले  नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए।

उनले भने, ‘राष्ट्रसङ्घको विश्वशान्ति स्थापनाको अभियानमा नेपालले पुर्‍याएको साथ र सहयोगको खुलेर प्रशंसा गर्नुभएको छ । छोटो मन्तव्यमा पनि महासचिवले नेपाल र नेपालको प्रतिष्ठा बढाउने धेरै कुराको संश्लेषण राख्नुभएको छ ।’

 सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे। 

अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफैँ पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छौ भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘महासचिवको मन्तव्यमा जलवायु परिवर्तनलाई निकै महत्व दिइएको छ, नेपालको विविधतालाई उहाँले राम्रोसँग बुझ्न र हेर्नु भएकाले हाम्रो नेतृत्वले राष्ट्रिय जलवायु कार्यसम्बन्धी अधिकार सम्पन्न संस्था बनाएर विश्वसंस्थासँग काम गरेमा परेका बाधा न्यून गर्न सहयोग पुग्छ ।’

शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन  भएको उल्लेख गर्दै  पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति  श्रद्धाञ्जलि सम्मानका लागि गरेको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिए ।

संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताए। उनले भने, ‘विशिष्ट पाहुनालाई दिइएको आतिथ्य र स्वागत खेर जाँदैन । समसामयिक सबै क्षेत्रलाई समेटेर सम्बोधन भएको छ । शान्ति प्रक्रिया आन्तरिक मामिला भएकाले आफैँ टुङ्गोमा पुर्‍याउनु सन्देश दिनुभएको छ ।’

 पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पुर्‍याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राखेको भनाइ आफैँमा उच्च कोटीको रहेको टिप्पणी गरे ।

यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गरेकाे सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराए । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : २० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको