‘मुलुकको शान्ति प्रक्रियाबारे राष्ट्रसंघका महासचिवको प्रशंसा गौरवको विषय’ « Khabarhub

‘मुलुकको शान्ति प्रक्रियाबारे राष्ट्रसंघका महासचिवको प्रशंसा गौरवको विषय’


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शान्ति प्रक्रियाका बारेमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले खासगरि शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा अघि बढाउने र समाधान गर्ने विषयमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका हुन् । 

त्यस्तै जलवायु परिवर्तनका कारण नेपालमा परेको असरलाई विश्वसामु उठाउने विषय पनि निकै सकारात्मक रहेको उनले बताए । उनले सम्पन्न देशले जलवायु परिवर्तनको असरको प्रभावको जिम्मा लिनुपर्ने, विश्व शान्तिका लागि नेपालको भूमिकाको प्रशंसा हुनु खुसीको कुरा भएको जिकिर गरे । 

त्यस्तै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रसंघका महासचिवले संसदमा गरेको सम्बोधनले नेपाललाई विश्वसामु थप उजागर गर्न मद्दत पुग्ने बताए । संविधान निर्माण, शान्तिप्रक्रिया लगायतमा राष्ट्रसंघका महासचिवले गरेको प्रशंसाले अन्तराष्ट्रिय जगतमा नेपाललाई उपलव्धता हासिल गर्न सहज हुने उनले बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुनले राष्ट्रसंघका महासचिवको सम्बोधनले नेपालको मौलिकतामा शान्तिप्रक्रिया अघि बढाउन सहज हुने र आगामी दिनमा शान्तिप्रक्रिया टुङ्गाउन प्रोत्साहित गरेको बताए ।

त्यस्तै उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असर विश्वमा जानकारी गराउन राष्ट्रसंघका महासचिवको सम्बोधन उल्लेखनीय रहेको धारणा राखे ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ३३ बजे

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी