२०२३ : अन्तरिक्ष विज्ञानमा भारतको फड्को | Khabarhub Khabarhub

२०२३ : अन्तरिक्ष विज्ञानमा भारतको फड्को


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

२३ अगस्टका दिन भारतमा ठुलो खुसीयाली मनाइयो। त्यो दिन चन्द्रयान-३ ले चन्द्रको दक्षिणी गोलार्धमा पुग्दा खुसीयाली मनाइयो। यस अगाडि दक्षिणी गोलार्धमा कोही पनि पुगेका थिएन। योसँगै भारतको नाम अमेरिका र पूर्व सोभियत सङ्घसँग चन्द्रमामा पाइला टेक्नेको सूचीमा दर्ज भयो।

अर्को महिना भारतले सूर्यको अध्ययन गर्न एउटा मिसन सहितको यात्रा सुरु गरेको थियो। स्पेसमा सन् २०२५ मा आफ्ना अन्तरिक्ष वैज्ञानिक पठाउने योजना बुनेको भारतले यसै वर्ष परीक्षण उडान पनि गरेको छ।

यो वर्ष भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आइएसआरओ)का लागि त्यो २० मिनेटको समय तनावपूर्ण रहेको थियो। जुन समय अस्वाभाविक र सतह चर्किएका कारण यान दक्षिणी गोलार्धमा अवतरण गर्न सकिरहेको थिएन। ‘भारत चन्द्रमामा’ भन्दै आइएसआरओका प्रमुख एस सोमनाथले घोषणा गरेसँगै देशमा खुसीयाली मनाइएको थियो।

यो वर्ष भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आइएसआरओ)का लागि त्यो २० मिनेटको समय तनावपूर्ण रहेको थियो। जुन समय अस्वाभाविक र सतह चर्किएका कारण यान दक्षिणी गोलार्धमा अवतरण गर्न सकिरहेको थिएन।

त्यसको १० दिन संसारका अन्तरिक्ष वैज्ञानिकको ल्यान्डर र रोभरको अनुसन्धान गर्दै त्यसबाट उपलब्ध भएको डेटाको अध्ययन गरीरहेका थिए। त्यहाँबाट प्राप्त दृश्यको आधारमा चन्द्रको सतहको माथि र तल तापक्रममा धेरै फरक पाइएको छ। यसले त्यहाँ धेरै रसायन भएको समेत पुष्टि गरेको छ। खासमा चन्द्रमाको सतहमा सल्फर रहेको त्यसले पुष्टि गरेको हो।

इस्रोले लक्ष्य पार नभएको तथा अझ धेरै बाँकी रहेको जनाएको छ। ल्यानडरले यसको इन्जिन जलाउन कमान्ड लिएपछि यो ४० सेन्टिमिटर उठेको थियो। ‘यो परीक्षणको सफलताले स्पेसक्राफ्टलाई भविष्यका अझ धेरै अध्ययन गर्न सहयोग मिल्नेछ,’ इस्रोले भनेको छ।

प्राप्त दृश्यको आधारमा चन्द्रको सतहको माथि र तल तापक्रममा धेरै फरक पाइएको छ। यसले त्यहाँ धेरै रसायन भएको समेत पुष्टि गरेको छ।

‘प्रोपोलुजन मोडल’ विक्रम ल्यान्डरबाट छुटिएपछि यसले फेरि पृथ्वीको अक्ष परिक्रमा गर्दै जटिल चालहरू देखाएका थियो। यो हप परीक्षण र ‘प्रोपोलुजन मोडल’ पृथ्वीको अक्षमा फर्किएपछि नै यसले इ्रस्रोका लागि थप परीक्षण र अध्ययनका लागि आधार तयार गरेको थियो।

चन्द्रमामा अवतरण गरेको एक दिनपछि नै आदित्य- एल वानको रूपमा सूर्यको अध्ययन गर्न अर्को अन्तरिक्ष यानले भारतको जमिन छाडेको थियो। २ सेप्टेम्बरका दिन सो यान १ दशमलव मिलियन प्रतिघण्टाको दरले उडेको थियो। चार महिनाको लक्ष्य सो यानले राखेको थियो।

सो यानले तयार गरेका दुरी चन्द्रमा र सूर्यको बिचमा एक प्रतिशत मात्र हो। दुई पिण्ड सूर्य चन्द्रमा बिचको गुरुत्वाकर्षण केन्द्रको आधारमा सो दुरी तय गरिएको हो। हिन्दु धर्मशास्त्र अनुसार आदित्यको अर्थ सूर्य देवता हो। यो यान सूर्यको अक्षमा प्रवेश गरेमा यसको गतिविधि पृथ्वीमा झैँ नै हुन्छ। वैज्ञानिक अध्ययनका लागि यो अर्को भरपर्दो आधार हो।

चार महिनाको लक्ष्य रहेको सो यानले सात वैज्ञानिक उपकरण बोकेको छ। सूर्यको बाहिरी सतह सोलार कोरोनाको त्यसले अध्ययन गर्नेछ। पृथ्वीबाट देखिने फोटोस्फेरको पनि यसले अध्ययन गर्नेछ।

सन् २०२५ मा अन्तरिक्षमा वैज्ञानिक पठाउने योजनामा रहेको भारतले यसको सम्भावनाको अध्ययन गर्न २१ अक्टोबरका दिन गगन यान स्पेसक्राफ्ट पठाएको छ।

फोटोस्फेयर र कोरोनाको बिचमा रहेको सानो प्लाज्माको स्वरूप क्रोमोस्फेयरको पनि यसले अध्ययन गर्नेछ। यसले सूर्यको वातावरणीय गतिविधि, सौर्य ऊर्जा, सौर्य हावाको चाल र यसले पृथ्वीमा पार्ने असरका बारे पनि जानकारी लिन सहज बनाउने छ। त्यसबाट अहिलेसम्म पाएको डेटाहरूलाई ट्विटरमा लाखौँ पटक हेरिएको छ।

सन् २०२५ मा अन्तरिक्षमा वैज्ञानिक पठाउने योजनामा रहेको भारतले यसको सम्भावनाको अध्ययन गर्न २१ अक्टोबरका दिन गगन यान स्पेसक्राफ्ट पठाएको छ। भारतले आफ्ना तीन वैज्ञानिकलाई पृथ्वीको अक्षको तल्लो भागमा सतह भन्दा चार सय किलोमिटर भन्दा माथि तीन दिन राख्ने योजना बुनेको छ।

यसका लागि इस्रोका प्रमुखले गगन यान पहिलो प्राथमिकतामा रहेको बताएका छन्। ‘भारतीयलाई स्पेसमा पठाउनु र फेरि फिर्ता ल्याउनु हाम्रो प्रमुख लक्ष्य हो,’ इस्रोका प्रमुख सोमनाथले भने। रकेटमा समस्या आए क्र्युहरु बच्ने अवस्था रहन्छ या रहँदैन भन्ने पत्ता लगाउनका लागि यो परीक्षण गरिएको हो। आकाशमा रकेट १२ किलोमिटर यात्रा गरेपछि प्यारासुट खोलिएको थियो। बङ्गालमा पानीमा खसेको सो प्यारासुटलाई नेभी ड्राइभरले झिकेका थिए।

भारतले आफ्ना तीन वैज्ञानिकलाई पृथ्वीको अक्षको तल्लो भागमा सतह भन्दा चार सय किलोमिटर भन्दा माथि तीन दिन राख्ने योजना बुनेको छ।

अन्तरिक्षमा प्रवेश गर्ने भारतका पहिलो वैज्ञानिक राकेश शर्मा हुन्। यो गौरवशाली यात्राको सुरुवात सन् १९८४ मा भएको थियो भारतलाई अन्तरिक्ष विज्ञानलाई माथिल्लो उचाइ दिने सो यात्रा २१ दिन ४० मिनेटको थियो। उनको सो यात्रामा पनि इस्रोको भूमिका थियो।

भारतले सम्झने अर्को नाम कल्पना चावला हो। १ फेब्रुअरी २००३ का दिन कोलम्बिया स्पेस सटल दुर्घटना हुँदा उनको ज्यान गएको हो। सो दुर्घटनामा रिक हस्ब्यान्ड, डेभिड एम ब्राउन, विलियम सी म्याकोल, माइकल पी एन्डरसन, इयान रामोन र लाउरेन क्लर्कको पनि ज्यान गएको थियो।

१७ मार्च १९६२ मा हरियाणाको कर्नालमा जन्मिएकी चावलाको उच्च शिक्षा पनि भारतमा नै पुरा भएको थियो। उनले भारतमा नै अन्तरिक्षको अध्ययन गरेकी थिइन्।

सन् १९८२ मा अमेरिका पुगेकी उनले त्यहाँ टेक्सस विश्व विद्यालयमा एसोपेस इन्जिनियरिङमा स्नातकोत्तर पुरा गरिन्। सोही विषयमा विद्यावारिधि पुरा गरेकी उनले त्यसपछि नै नासामा काम गर्न थालेकी हुन्।

अन्तरिक्षमा प्रवेश गर्ने भारतका पहिलो वैज्ञानिक राकेश शर्मा हुन्। यो गौरवशाली यात्राको सुरुवात सन् १९८४ मा भएको थियो भारतलाई अन्तरिक्ष विज्ञानलाई माथिल्लो उचाइ दिने सो यात्रा २१ दिन ४० मिनेटको थियो।

१९९७ को नोभेम्बर १९ मा पहिलो पटक अन्तरिक्षमा प्रवेश पाएकी उनले थुप्रै कीर्तिमान राख्नुका बाबजुद बाल्यकालको सपना भने पुरा भएको थिएन। थुप्रै भारतीय युवाहरूको लागि उनी प्रेरणाको श्रोत बनेकी थिइन्।

संसारको पहिलो अन्तरिक्ष यात्री भने युरी गागरिन हुन्। १२ अप्रिल १९६१ मा सोभियत भास्टक-वान अन्तरिक्षमा १ सय ८ मिनेट रहेको थियो। त्यसै दिनबाट सोभियत सङ्घ र अमेरिका बिचको अन्तरिक्ष यात्राको होडबाजी सुरु भएको थियो।

२० जुलाई १९६९ का दिन नासाका अन्तरिक्ष वैज्ञानिक निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेकेका थिए। एपोलो ११ मार्फत उनले सो यात्रा गरेका थिए। नासाबाट सन् १९७१ मा अवकाश पाएका उनी त्यसपछि पनि थुप्रै अन्तरिक्षको अध्ययन र अन्वेषणमा सक्रिय थिए।

भारतले सम्झने अर्को नाम कल्पना चावला हो। १ फेब्रुअरी २००३ का दिन कोलम्बिया स्पेस सटल दुर्घटना हुँदा उनको ज्यान गएको हो।

अमेरिकाको ओहीयामा ५ अगस्ट १९३० मा आर्मस्टङको जन्म भएको थियो। हवाई सेनामा जागिरे उनी सन् १९४९ देखि १९५२ को बिचमा भएको कोरिया युद्धमा पनि संलग्न थिए।

सन् १९६२ मा नासाको दोस्रो दर्जाको अन्तरिक्ष यात्री चयन भएपछि उनको जीवनले फड्को मारेको थियो। अहिले संसारमा अन्तरिक्ष विज्ञानले धेरै नै फड्को मारी सकेको छ। यो प्रतिस्पर्धा संसारका शक्तिशाली राष्ट्र सबै छन्।

जसरी पृथ्वीको एक स्थानबाट अर्को स्थानमा पर्यटकीय भ्रमणको प्रचलन छ चन्द्रमामा पनि त्यसैगरी प्याकेज टुरको बाटोमा संसार गइसकेको छ। यस प्रतिस्पर्धात्मक होडमा सन् २०२३ भने भारतका लागि विशेष उपलब्धिमूलक वर्ष बनेको छ।

स्रोतः बीबीसी, टाइम्स अफ इन्डिया, वासिङ्टन पोस्ट, इकोनोमीक टाइम्स, द स्पेस

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०० बजे

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोशन ताल

मान्म– अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ मा रहेको रामारोशन ताललाई १२

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय समितिले अर्को बैठकबाट निर्णय लिने

काठमाडौं- संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारेमा थप

स्याहार अर्थतन्त्रबारे धनगढीमा रोजगारदाता तालिम

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले अन्तर्राष्ट्रिय श्रम संगठन

अर्थमन्त्री र सीबीफीनबीच दिगो आर्थिक एवं बैंकिङ विकासबारे छलफल

काठमाडौं–  बैंकतथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक मात्रै व्यक्तिलाई उद्धारकर्मीले