सरकारबारे कांग्रेसको मूल्याङ्कन : सन्तोषजनक देखिएन « Khabarhub

सरकारबारे कांग्रेसको मूल्याङ्कन : सन्तोषजनक देखिएन


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाठौं- गठबन्धन सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हाले पनि कांग्रेस सरकारको सबैभन्दा ठूलो हिस्सेदार हो । अर्थ, पराराष्ट्र, श्रम तथा रोजगार लगायतका महत्वपूर्ण मन्त्रालयहरु नेपाली कांग्रेसकै हातमा छन् । यही सन्दर्भमा पुस १२ देखि १४ सम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गठबन्धन सरकारको कामको मूल्याङ्कन गरेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो कामको ब्रिफिङ गरेका छन् । तर, सरकारको कामको प्रगति उल्लेखनीय नदेखिएको कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

यस अवधिमा आर्थिक क्षेत्रमा सुधारका संकेतहरु देखिन थालेको, कर्जाको ब्याजदर घटेको र घरजग्गाको कारोबारमा वृद्धि भएकाले आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिन थालेको कांग्रेसको दाबी छ ।

तर, यस्तो दाबी गर्दागर्दै पनि कांग्रेस बैठकको निर्णयमा भनिएको छ,‘विगतको तुलनामा यस आर्थिक वर्षमा वस्तुको आयात कम भएकाले व्यापारिक व्यवसायिक क्षेत्रमा सन्तोषजनक प्रगति हुन सकेन ।’

कांग्रेस बैठकपछि जारी विज्ञप्तिमा सरकारको मूल्याङ्कन गर्दै भनिएको छ, ‘पुँजीगत खर्च हुन नसक्ने विगतकै समस्या यथावत् नै रहेको छ । सम्पन्न भएका आयोजनाहरुको पनि निर्माण व्यवसायीलाई दिनुपर्ने रकम समयमा भुक्तानी नभएको अवस्थाले पनि विकास निर्माणका आयोजनाहरुमा सुस्तता देखिएको छ ।’

कांग्रेसले नेतृत्व सम्हालेको परराष्ट्र मन्त्रालयले यस अवधिमा उल्लेख्य प्रगति भएको कांग्रेसको निष्कर्ष छ । तर, इजरायलमा अध्ययनरत विपीन जोशीको रिहाई र रुस युक्रेन युद्धमा रुसी सेनामा भर्ना भइ निधन भएका नेपाली नागरिकको शव खोजी गरी सरकारले ल्याउन नसकेको कांग्रेसको आरोप छ ।

यो पनि…

कांग्रेसको ११ बुँदे निर्णय : भातृ संस्थाको म्याद ६ महिना थपिने (पूर्णपाठ)

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ५५ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु