सरकारबारे कांग्रेसको मूल्याङ्कन : सन्तोषजनक देखिएन « Khabarhub

सरकारबारे कांग्रेसको मूल्याङ्कन : सन्तोषजनक देखिएन


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाठौं- गठबन्धन सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हाले पनि कांग्रेस सरकारको सबैभन्दा ठूलो हिस्सेदार हो । अर्थ, पराराष्ट्र, श्रम तथा रोजगार लगायतका महत्वपूर्ण मन्त्रालयहरु नेपाली कांग्रेसकै हातमा छन् । यही सन्दर्भमा पुस १२ देखि १४ सम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गठबन्धन सरकारको कामको मूल्याङ्कन गरेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो कामको ब्रिफिङ गरेका छन् । तर, सरकारको कामको प्रगति उल्लेखनीय नदेखिएको कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

यस अवधिमा आर्थिक क्षेत्रमा सुधारका संकेतहरु देखिन थालेको, कर्जाको ब्याजदर घटेको र घरजग्गाको कारोबारमा वृद्धि भएकाले आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिन थालेको कांग्रेसको दाबी छ ।

तर, यस्तो दाबी गर्दागर्दै पनि कांग्रेस बैठकको निर्णयमा भनिएको छ,‘विगतको तुलनामा यस आर्थिक वर्षमा वस्तुको आयात कम भएकाले व्यापारिक व्यवसायिक क्षेत्रमा सन्तोषजनक प्रगति हुन सकेन ।’

कांग्रेस बैठकपछि जारी विज्ञप्तिमा सरकारको मूल्याङ्कन गर्दै भनिएको छ, ‘पुँजीगत खर्च हुन नसक्ने विगतकै समस्या यथावत् नै रहेको छ । सम्पन्न भएका आयोजनाहरुको पनि निर्माण व्यवसायीलाई दिनुपर्ने रकम समयमा भुक्तानी नभएको अवस्थाले पनि विकास निर्माणका आयोजनाहरुमा सुस्तता देखिएको छ ।’

कांग्रेसले नेतृत्व सम्हालेको परराष्ट्र मन्त्रालयले यस अवधिमा उल्लेख्य प्रगति भएको कांग्रेसको निष्कर्ष छ । तर, इजरायलमा अध्ययनरत विपीन जोशीको रिहाई र रुस युक्रेन युद्धमा रुसी सेनामा भर्ना भइ निधन भएका नेपाली नागरिकको शव खोजी गरी सरकारले ल्याउन नसकेको कांग्रेसको आरोप छ ।

यो पनि…

कांग्रेसको ११ बुँदे निर्णय : भातृ संस्थाको म्याद ६ महिना थपिने (पूर्णपाठ)

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ५५ बजे

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (तस्बिरहरू)

काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरुद्ध

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

नेपालगञ्ज– जेन-जी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा