जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द « Khabarhub

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले बताए । जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।

आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । बिदामा बसेका सबै शिक्षकलाई माघको अन्तिम साताभित्र उपस्थित हुन भनिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् । कतिपय शिक्षकले बजारमा ट्युसन पढाउन थालेका तिला गाउँपालिका–१ मा रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनम बुढाले बताए ।

कर्णाली प्राविधिक शिक्षालयले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउन कठिनाइ भएकाले सम्पूर्ण सङ्कायमा अध्ययनरत विद्यार्थीलाई आजदेखि फागुनको २ गतेसम्म हिउँदे बिदा दिइएको शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए । अहिले जिल्लाको तापक्रमको दिनहुँ ‘माइनस’मा जाने गरेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ४४ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका