राष्ट्रियसभामा श्रमिक प्रतिनिधित्व माग्दै ट्रेड युनियन कांग्रेसले देउवालाई बुझायो ज्ञापनपत्र | Khabarhub Khabarhub

राष्ट्रियसभामा श्रमिक प्रतिनिधित्व माग्दै ट्रेड युनियन कांग्रेसले देउवालाई बुझायो ज्ञापनपत्र


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेको हो । युनियनको पदाधिकारी बैकठले नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम सिफारिस गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिए ।

नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवी भएका ट्रेड युनियनलगायत पेसागत सङ्गठन र बौद्धिक व्यक्तिबाट उम्मेदवार छनोट गर्न सभापति देउवाको ध्यानाकर्षण गरेको छ । भेटमा सभापति देउवाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेदवार छनोट गर्ने बताएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ५९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका