कुलुङ जातिले विभिन्न कार्यक्रमसहित मनाए नयाँ वर्ष « Khabarhub

कुलुङ जातिले विभिन्न कार्यक्रमसहित मनाए नयाँ वर्ष


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- किराती वंशका कुलुङ जातिले आज विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष ५०८४ मनाएका छन् । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ उपत्यका समिति, काठमाडौंले आज गोकर्णेश्वर–३ सुन्ताथानस्थित किरात कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनमा परम्परागत नाचगान, सांस्कृतिक प्रदर्शनी, कविता वाचनलगायतका कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाएका हुन् ।

सङ्घीय संसद्अन्तर्गत अर्थ समितिका सभापति सन्तोष चालिसेले सो कार्यक्रमको शुभारम्भ गर्दै मुलुकका हरेक जातजातिको धर्म, संस्कृति, मूल्य–मान्यताको संरक्षण एवं सम्वर्द्धन गर्ने जिम्मेवारी राज्यको भएकाले सोहीअनुसार सक्दो सहयोग भइरहेको बताए ।

उनले भने, “हामी सबैको भाषा, धर्म, संस्कृति र मूल्य–मान्यतालाई मुलुकको संविधानले सुनिश्चित गरेको छ, यसको जगेर्ना गर्ने जिम्मेवारी हाम्रै हो, सांस्कृतिक विविधता र स्रोतसाधनका दृष्टिले सम्पन्न मुलुक नेपालमै बसी समृद्ध एवं समुन्नत राष्ट्रका पक्षमा सकारात्मक सोचसहित एकताबद्ध भई अघि बढौँ ।”

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाका अनुुसार निर्माणाधीन कुलुङ सामुदायिक तथा सांस्कृतिक भवनका लागि सङ्घीय सरकारबाट रु २५ लाख प्राप्त भई ठेक्का प्रक्रियामा गएको जानकारी दिँदै भाषा, धर्म, संस्कृति संरक्षणका पक्षमा सक्दो सहयोग गर्न नगरपालिका सदैव तयार रहेको उल्लेख गरिन् ।

नेपाल किरात कुलुङ भाषा संस्कृति उपत्यका सङ्घका अध्यक्ष घनश्याम कुलु्ङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङ, कुलुङ सम्बद्ध विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिले प्रकृतिलाई पूजा गर्ने कुलुङ जातिले हरेक वर्ष पुस १५ गतेका दिन विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाउने गरेको जानकारी दिए ।

सो अवसरमा कुलुङ जातिको उत्थान, वृद्धि विकासमा आर्थिक, भौतिक तथा प्राज्ञिक रूपले सहयोग गर्ने विभिन्न व्यक्ति तथा सङ्घ÷संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो । यसैगरी सांस्कृतिक भवन निर्माणमा रु एक लाख दुई हजार नगद सहयोग गर्ने माया कुलुङलाई विशेष सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ३३ बजे

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर