हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह « Khabarhub

हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएका छन् ।

मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे । उनले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले प्राधिकरणले २५ वर्षको यात्राबाट पाठ सिक्दै हातेमालो गरेर भविष्यका योजनामा केन्द्रित हुन आग्रह गरिन् । मन्त्रालयका सचिव डा दीपक काफ्लेले वार्षिक नीति र कार्यक्रममलाई दृढतापूर्वक कार्यान्वयन गरी लक्ष्य हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपालका प्रथम ‘एयर ट्राफिक कन्ट्रोलर’ नारायणबहादुर सिंहलाई मरणोपरान्त सम्मान प्रदान गरियो भने रु एक लाख राशिको यस वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ निर्देशक राजु श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै रु २० हजार राशिको उत्कृष्ट कर्मचारी पुरस्कार उपनिर्देशक प्रभा शर्मा, प्रबन्धक ऋषि पौडेल, दिप्ता ढुङ्गाना पौडेल, द्वारिकाप्रसाद भट्टराई र विपिन बज्राचार्यलाई प्रदान गरियो । समारोहमा प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले हवाइ सुरक्षाका लागि प्राधिकरणले सक्दो प्रयास गरिरहेको जनाए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ४५ बजे

करिब ९ सय ७८ किलो गाँजासहित ट्रक चालक पक्राउ

सप्तरी– रूप नगरपालिका-२ बरमझियाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ७८ किलो

मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

काठमाडौं–  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ

कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ

जेन-जीले उठाएका मागहरू शान्ति सम्झौताको मूल मर्मसँग मिल्छन् : प्रचण्ड

काठमाडौं- विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा नेपाली