विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर « Khabarhub

विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा नवविवाहित एक दम्पतीले विवाहमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका छन् । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँका सञ्चारकर्मीसमेत रहेका मोहन बस्नेतलले विवाहको भोजमा हुने फजुल खर्चबाट गाउँमा गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

पछिल्लो समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न भोजभतेरमा गर्ने खर्च सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरुले त्यस्तो योजना बनाएको उनले बताए । बस्नेतले आफ्नो जन्मभूमिमा थोरै भए पनि सेवा गर्नुपर्छ भन्ने सोचले विवाहमा तडक भडक गर्नाको साटो जोगाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।

शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञद्वारा निःशुल्क परीक्षण गराइएको थियो । शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नाका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

विवाहको भोजमा हुने फजुल खर्च बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरिब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताए । उनले यस्ता सामाजिक कार्यले आउँदो दिन अरुलाई पनि थप प्रेरणा मिल्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह हुने उल्लेख गरे ।

आफ्नै घरदैलोमा आएर विशेषज्ञसहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीयवासी पम्फा विश्वकर्माले बताइन् । उनले यस्ता प्रकारका पुण्य कामबाट आफूहरुजस्ता धेरैलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनुभन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताइन् । शिविरमा चार सयभन्दा बढी बिरामी सहभागी थिए ।

सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायलाई सहयोग गर्दै आएका थिए । त्यसैगरी रेसुङ्गा नगरपालिका–११ राङ्बासका गुणाखर पाण्डेले विवाहमा हुने फजुलखर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन् । उनले स्थानीय भगवती मावि र राङ्बास माविलाई रु ५०/५० हजारको अक्षयकोष स्थापनाका लागि सहयोग उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०६ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका