विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर « Khabarhub

विवाह खर्च कटाएर गाउँमा स्वास्थ्य शिविर


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा नवविवाहित एक दम्पतीले विवाहमा हुने फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका छन् । रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँका सञ्चारकर्मीसमेत रहेका मोहन बस्नेतलले विवाहको भोजमा हुने फजुल खर्चबाट गाउँमा गरिब तथा विपन्न नागरिकका लागि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

पछिल्लो समयमा विवाहमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न भोजभतेरमा गर्ने खर्च सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरुले त्यस्तो योजना बनाएको उनले बताए । बस्नेतले आफ्नो जन्मभूमिमा थोरै भए पनि सेवा गर्नुपर्छ भन्ने सोचले विवाहमा तडक भडक गर्नाको साटो जोगाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।

शिविरमा महिला तथा स्त्रीरोग विशेषज्ञ, छाती तथा मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञद्वारा निःशुल्क परीक्षण गराइएको थियो । शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नाका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

विवाहको भोजमा हुने फजुल खर्च बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरिब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताए । उनले यस्ता सामाजिक कार्यले आउँदो दिन अरुलाई पनि थप प्रेरणा मिल्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह हुने उल्लेख गरे ।

आफ्नै घरदैलोमा आएर विशेषज्ञसहितको सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीयवासी पम्फा विश्वकर्माले बताइन् । उनले यस्ता प्रकारका पुण्य कामबाट आफूहरुजस्ता धेरैलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनुभन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताइन् । शिविरमा चार सयभन्दा बढी बिरामी सहभागी थिए ।

सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायलाई सहयोग गर्दै आएका थिए । त्यसैगरी रेसुङ्गा नगरपालिका–११ राङ्बासका गुणाखर पाण्डेले विवाहमा हुने फजुलखर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन् । उनले स्थानीय भगवती मावि र राङ्बास माविलाई रु ५०/५० हजारको अक्षयकोष स्थापनाका लागि सहयोग उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा