शहरी उत्थानशीलताका असल अभ्यास, सिकाइ र नीति पैरवी सम्बन्धी अन्तरक्रिया | Khabarhub Khabarhub

शहरी उत्थानशीलताका असल अभ्यास, सिकाइ र नीति पैरवी सम्बन्धी अन्तरक्रिया


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले शहरी उत्थानशीलतामा सोचेको जस्तो काम गर्न नसकेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । आइएसएसआर, आइसेट नेपाल तथा डिपीनेट नेपालको संयुक्त आयोजनामा भएको ‘शहरी उत्थानशीलतामा भएका असल अभ्याससँगै सिकाइ आदान प्रदान र नीति पैरवी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले उत्थानशीलतामा सोचेको जस्तो काम नभएको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता धुव्र बहादुर खड्काले उत्थानशील शहर निर्माणका लागि पूर्वाधार विकासमा काम हुन नसकेको बताए । पूर्वाधार विकाससँगै निम्ताउने विभिन्न जोखिमका विषयमा पनि आम नागरिक जानकार हुनुपर्नेमा उनको जोड थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख रिशीराज आर्चायले शहरी उत्थानशीलताका लागि स्थानीय तहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

स्थानीय तहमार्फत भएका कामबाट नै जोखिमको अवस्थालाई घटाउन सकिने भन्दै उनले नीतिगत रुपमा पनि स्थानीय तहलाई बलियो बनाउनुपर्ने तर्क गरे । पछिल्लो समय विपदको क्षेत्रमा बजेट पनि बढ्दै गएको भन्दै प्रमुख आचार्यले यसले शहरी उत्थानशीलताको अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

डीपीनेट नेपालका अध्यक्ष सुर्य बहादुर थापाले कार्यक्रमको औचित्यमाथि प्रस्ट पार्दै कार्यक्रममार्फत शहरी उत्थानशीलताको क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विपद् जोखिम न्यूनीकरणमा जारी चुनौती र सहयोगी प्रयासमा विभिन्न क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले अनुसन्धान, सुधार समन्वय र नीति पालनाप्रति दृष्टिकोण परिवर्तनको आवश्यकतामा जोड दिएका थिए ।

अन्तरक्रियामा डीपीनेट नेपालका उपाध्यक्ष डा.राजु थापाले शहरी उत्थानशीलता र विपद् व्यवस्थापन सन्दर्भमा पृष्ठभूमि तयारका लागि शहरी क्षेत्रमा भौतिक पूर्वाधारका अवस्था तथा विपद् जोखिमको विश्लेषणात्मक फोटो प्रस्तुत गरेका थिए ।

छलफलमा आइसेट नेपालका अजय दीक्षितले नीति कार्यान्वयन र स्थानीय सरकारको संलग्नतासहित शहरी उत्थानशीलताको लागि व्यापक दृष्टिकोणको आवश्यकतामा जोड दिए ।

आईसेट नेपालका कार्यकारी निर्देशक कञ्चनमणि दिक्षितले आयोजकको तर्फबाट कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । शहरी उत्थानशीलताबारे चाँगुनारायण नगरपालिकामा भएका अभ्यास तथा अनुभवबारे विपद् व्यवस्थापन विज्ञ केशव कुमार मलाशीले आफ्नो धारणा राखेका थिए ।

मलाशीले सञ्चालन गरेको सहजीकरण सत्रमा खाद्य सुरक्षा, फोहोर व्यवस्थापन, समावेशी पूर्वाधार विकास र सामाजिक  पक्षलाई समेट्ने शहरी उत्थानशीलताको बृहत्तर अवधारणालगायतका मुख्य विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सरोकारवाला क्षेत्रका विज्ञ, अनुसन्धानकर्मी, विकास साझेदार, अभियानकर्मी, नीति निर्माणकर्तालगायत सहभागीहरूले शहरी उत्थानशीलताबारे गरेका अभ्यास, प्रयास, अनुभव तथा धारणा राखेका थिए ।

कार्यक्रमले प्रभावकारी नीति कार्यान्वयनको महत्त्व, विभिन्न जनसङ्ख्या जनसांख्यिकीलाई विचार गर्ने, तथ्याङ्कमा आधारित नीति निर्माण र परिदृश्यमा आधारित योजनाको महत्वलाई प्रकाश पारेको थियो । २०१५ को नेपाल र चिलीको भूकम्पजस्ता विगतका विपद्हरूबाट पाठ सिक्दै छलफलले पूर्व तयारी र भवन संहिताको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको थियो ।

शहरी उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यका साथ सरोकारवालासँग सक्षम वातावरण सिर्जना गर्न डीसीए नेपालको सहयोगमा भएको कार्यक्रमको मिडिया पार्टनर खबर हब र रेडियो क्यान्डिट रहेको थियो ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ३३ बजे

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट