चीनले दक्षिण चीन सागरमा उत्तेजना बढायो : फिलिपिन्स « Khabarhub

चीनले दक्षिण चीन सागरमा उत्तेजना बढायो : फिलिपिन्स


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनमाथि दक्षिण चीन सागरमा उत्तेजना बढाएको आरोप लगाएको छ । फिलिपिन्सका रक्षामन्त्री गिल्बेर्टो टेओडोरोले चीनले दक्षिण चीन सागरमा उत्तेजना बढाएको र समस्या सिर्जना गरेको आरोप लगाएका हुन् ।

उनले पूरै दक्षिण चीन सागरमा चीनले दाबी गरेको सार्वभौमिकताको कुनै औचित्य नभएको पनि उल्लेख गरे । दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

यस क्षेत्रका केही स्थानमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

पछिल्लो समय चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा नौसैनिक तनाव बढ्दै जाँदा फिलिपिनी विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १२ : ३६ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल