लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने ३० वर्षीय रियाज देवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

बीआर १ पीबी ३३१४ नम्बरको भारतीय सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा लुकाई ल्याएको गाँजासहित चालक रियाजलाई पक्राउ गरेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ गणेशपुर बस्ने ३८ वर्षीय दिनेश रानालाई अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७३ मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको छ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रूवेशी सडक खण्डबाट अवैध लागूऔषध चरेश १२ ग्रामसहित गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने २३ वर्षीय सिंगबहादुर तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी स्याफ्रुबेशीबाट खटिएको प्रहरीले प्र ३–०२ ००२ प ५२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागूपदार्थसहित फेला पारी मोटरसाइकल चालक सिंगबहादुरलाई पक्राउ गरेको हो।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ४९ बजे

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित