परराष्ट्रमन्त्री साउदद्वारा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण « Khabarhub

परराष्ट्रमन्त्री साउदद्वारा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आज शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गामा निर्माण भइरहेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निरीक्षण गरेका छन् ।

मन्त्री साउदले फोहरमैला व्यवस्थापन केन्द्रको भौतिक प्रगतिबारे आज जानकारी लिएका हुन् । निर्धारित समयभित्रै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशनसमेत दिए।

निरीक्षणका क्रममा मन्त्री साउदले केन्द्रको उत्तरतर्फको क्षेत्रमा तटबन्ध निर्माणका लागि भएको ठेक्का पुनरावलोकन गरिने बताए । ‘केन्द्रमा जैविक र अजैविक फोहर छुट्याई बायोग्यास र जैविक मलका ठूला प्लान्टमा प्रशोधन हुन्छन्, यसका लागि धेरै जनाले रोजगारी पाउँछन्’ उनले भने, ‘फोहरमैला केन्द्र वरिपरिका बासिन्दाको हितलाई पनि ध्यान दिनुपर्छ, त्यस क्षेत्रका जनताका लागि विकास गरिनुपर्छ ।’

अहिले यो फोहरमैला केन्द्र शुक्लाफाँटा नगरपालिकाले मात्रै प्रयोग गर्ने भए पनि यसलाई भीमदत्त, बेदकोट र कृष्णपुरको साझा फोहर व्यवस्थापन गर्ने केन्द्रका रुपमा विकास हुने मन्त्री साउदले बताए। फोहरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको वनहरा नदीको दाहसंस्कार गर्ने क्षेत्रमा व्यवस्थित आर्यघाट निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने आश्वासन उनले दिए ।

जग्गाको अभावमा ती नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेको उल्लेख गर्दै मन्त्री साउदले यसै केन्द्रलाई भविष्यमा प्रयोग गर्न सक्ने बताए । एसियाली विकास बैङ्कको रु ३० करोडको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ९ : ५९ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य