पोखरामा फागुन १२ देखि ‘ट्राइनेशन एक्स्पो’ « Khabarhub

पोखरामा फागुन १२ देखि ‘ट्राइनेशन एक्स्पो’


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटकीय राजधानी पोखरामा फागुन १२ (आगामी फेब्रुअरी २४) देखि नेपाल–भारत–चीन ट्राइनेशन एक्स्पो आयोजना हुने भएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवम् निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा तीनदिने ‘नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस २०२५)’ आयोजना गर्न लागेको हो ।

नाइस २०२५ का संयोजक र पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य सुनील भट्टराईले पर्यटन क्षेत्रका सबै सरोकारवालालाई सक्रिय सहकार्य र समर्थन निम्ति निमन्त्रण गरेका छन् । विश्व पर्यटन इतिहासमै पहिलोपटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने ‘नाईस’ सम्भवतः पहिलो पर्यटन मेला हुने उनको अनुमान छ ।

नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि सबैभन्दा निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत) बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरू एवम् संघ-संस्थाहरू लाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार, तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरू उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने हामीले विश्वास गरिएको पाटा नेपालले जनाएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाइस २०२५ नेपालकै पर्यटन राजधानी पोखरामा आयोजना हुन लागेकोमा आफ्नो खुशी र गर्व व्यक्त गरे । उनले नाइस २०२५ पोखरामा हालसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हुने उल्लेख गर्दै यसले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने र यस क्षेत्रलाई ठूलो प्रचार दिने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पर्यटन बोर्ड र पाटा नेपालले पहिलो पटक विभिन्न स्थानीय, राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थासँग मिलेर त्रिदेशीय एक्स्पो (नाइस २०२५) आयोजना गर्ने घोषणा गर्न पाउँदा आफू अत्यन्त उत्साहित रहेको जनाए ।

एक्स्पोमा १०० भन्दा बढी क्रेताहरू, ८० भन्दा बढी बिक्रेताहरू, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी सहभागिता हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ४५ बजे

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी