अन्तर्राष्ट्रिय

इजरायलमा ईरानको मिसाइल हमला सुरु

By खबरहब

October 01, 2024

एजेन्सी – ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली सेना (आइडीएफ) ले नै ईरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको जनाएको हो ।

यतिखेर पूरै इजरायलमा साइरन बजाइएको छ । इजरायली सेनाले त्यहाँका नागरिकहरूलाई सचेत रहन र होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न भनेको छ ।

सेनाले मानिसहरूलाई साइरन बजेको सुन्नासाथ सुरक्षित स्थानमा जान र नयाँ सूचना जारी नभएसम्म त्यहीँ बसिरहन पनि आग्रह गरेको छ । साथै, मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयासमा आफूहरू लागेको पनि जनाएको छ ।

ईरानले प्रहार गरेका मिसाइल यतिखेर इजरायलको आकाशमा देखिएका छन्‌ । जेरुसेलमस्थित बीबीसीको मध्यपूर्व ब्यूरोका पत्रकारहरूले पनि दुई मिसाइल खसालेको आवाज सुनिएको जनाएका छन्‌ ।

केही समयअघि इजरायलको ठूलो शहर तेलअभिभमा गोलाबारीको आवाज सुनिएको थियो । स्थानीय प्रहरी अधिकारीहरूले सो घटनामा कयौँ मानिस हताहत भएको जनाएका थिए ।

यतिखेर इजरायलले इरानसमर्थित लडाकु समूह हमास, हिज्बुल्लाह र हुथीविरुद्ध आक्रमण गरिरहेको छ ।

यसअघि अमेरिकी गुप्तचर निकायले इजरायलमा जतिसुकै बेला ईरानले मिसाइल हमला गर्नसक्ने सूचना आफूले पाएको जनाएको थियो ।