भारतमा चिकित्सक हत्याविरुद्ध पुनः हड्ताल सुरु « Khabarhub

भारतमा चिकित्सक हत्याविरुद्ध पुनः हड्ताल सुरु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्पतालको सुरक्षा सुधारका लागि आफ्नो मागहरू पूरा नगरिएको भन्दै कोलकाताका भारतीय चिकित्सकहरूले एक सहकर्मीको क्रुर बलात्कार र हत्याको विरोधमा पुनः हडताल सुरु गरेको बताएका छन् ।

पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्याप्रति पुनः राष्ट्रव्यापी आक्रोश बढेको थियो ।

गत महिना चिकित्सकहरू छोटो समयका लागि आकस्मिक विभागमा सीमित काममा फर्केका थिए तर युनियनको बैठकमा उनीहरूले पुनः काम बन्द गर्ने निर्णय गरेका छन् ।

युनियनका प्रवक्ता अनिकेत महतोले पश्चिम बङ्गाल सरकारले अस्पतालहरूमा प्रकाशको व्यवस्था, सिसिटिभी क्यामेरा र अन्य सुरक्षा उपायहरू सुधार गर्ने आफ्नो वाचा पूरा गर्न असफल भएको बताए । ‘राज्य सरकार कार्यस्थलमा सुरक्षा प्रदान गर्न असफल भएको छ’, उनले भने ।

महतोका अनुसार सरकारलाई आफ्नो वाचा पूरा गर्न जोड दिन र हत्या गरिएकी आफ्नो सहकर्मीका लागि न्यायको माग गर्न चिकित्सकहरू मङ्गलबार राति सडकमा फर्कनेछन् ।

अगस्टमा भएको आक्रमणपछि दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूको आक्रोश महिला चिकित्सकहरूका लागि भयरहित काम गर्न दिने उपायहरूको कमीप्रति केन्द्रित थियो ।

हत्यामा एक जनालाई पक्राउ गरिएको छ तर पश्चिम बङ्गाल सरकारले अनुसन्धानको व्यवस्थापनका लागि सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । अधिकारीहरूले कोलकाताका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेका छन् ।

भारतको सर्वोच्च अदालतले हत्याको क्रुरताले ‘राष्ट्रको विवेकलाई झस्काएको’ भन्दै गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ बनाउने भन्नेबारे जाँच गर्न राष्ट्रिय कार्यदल गठन गर्न आदेश दिएको थियो ।

कोलकातामा भएको आक्रमणको भयावह प्रकृतिलाई सन् २०१२ मा दिल्लीको एउटा बसमा एक युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरिएको थियो । दिल्लीमा भएको उक्त घटनापछि हप्तौँसम्म राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ४७ बजे

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६