काठमाडौंमा खानेपानी वितरण अस्तव्यस्त, मुहानदेखि धारासम्म क्षति « Khabarhub

काठमाडौंमा खानेपानी वितरण अस्तव्यस्त, मुहानदेखि धारासम्म क्षति

केयुकेयल भन्छ ‘मर्मत प्रयास गरिरहेका छौं’


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली अस्तव्यस्त भएको छ । गत शुक्रबारदेखि भारी वर्षासँगै आएको बाढीले मुहानदेखि वितरण प्रणालीसम्म असर पुर्याउँदा समस्या निम्तिएको हो ।

काठमाडौं उपत्यकामा पानी ल्याइने गरिएका मुहानहरू, सबै प्रशोधन केन्द्र र अधिकांश वितरण स्टेसनहरूसमेत बाढीपहिरोले क्षति पुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रवक्ता प्रकाशकुमार राईले खबरहबलाई बताए ।

ललितपुरतर्फको वितरण प्रणाली र फर्पिङबाट आउने प्रणालीमा ठूलो क्षति पुगेको भन्दै प्रवक्ता राईले अहिले आंशिक वितरण प्रणालीबाट मात्रै उपत्यकामा खानेपानी आपूर्ति भइरहेको जानकारी दिए । कतिपय वितरण स्टेशनहरू अझै पनि डुबानकै अवस्थामा रहेको भन्दै उनले सम्पूर्ण जनशक्ति परिचालन गरेर सरसफाइको काम भइरहेको दाबी गरे ।

वर्षाकै कारण जेठ महिनादेखि बन्द गरिएको मेलम्चीको पानी अहिलेसम्म काठमाडौंमा ल्याइएको छैन । यस्तो अवस्थामा केयुकेयलले काठमाडौं वरपरका खोलाहरूबाट र जमिनमुनिको पानीलाई पम्पको माध्यमबाट निकालेर प्रशोधन गरी वितरण गर्ने गर्छ ।

तर, असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि चलेको बाढीपहिरोले पानीका मुहान र पम्पमै क्षति पुर्याउँदा वितरण प्रणालीमा असर पुगेको हो । जसकारण शनिबारदेखि नै उपत्यकाका अधिकांश स्थानमा केयुकेलको पानी तोकिएको तालिकामा वितरण भइरहेको छैन ।

‘मेलम्चीबाट पानी नआएको अवस्थामा अबलाई पानीको स्रोत वरपर रहेका खोलाहरू नै हुन्, त्यसपछि भूमिगत पानी हो’, राईले भने, ‘वर्षाले सबै खोलाको अवस्था बिग्रेको छ ।’

उपत्यकामा पुरानै अवस्थामा कहिलेसम्म पानी वितरण हुन्छ भनी तत्कालै निक्र्यौल गर्न नसकिने, तर आफूहरूले प्रयास जारी राखेको उनले बताए ।

‘सबै पम्प हाउसहरू डुबानमा परेका छन्, मुहानहरू पनि बगाएको छ, कतिपय प्रशोधन केन्द्रहरू पनि बिग्रेका छन्’, उनले भने, ‘यही कारण अहिले पानीको वितरण प्रणालीमा समस्या भएको हो,सुचारु गर्ने प्रयासमा छौं ।’

अधिकांश स्टेशनभित्र प्रवेश गर्नसक्ने अवस्था समेत नभएको र केयुकेयलको कतिपय कार्यालयमा समेत क्षति पुगेको उनले बताए । सुन्दरीजलको पानी भने सोमबारदेखि नै सुचारु गरिसकेको तर, भूमिगत पानी पम्पिङ गर्ने विषयमा भने कतिपय स्थानमा सतहको पानी सुक्ने बेलासम्म प्रतिक्षा गर्नुपर्ने उनको भनाइ छ ।

‘सुन्दरीजलको पानी हामीले हिजोदेखि नै सुचारु गरिसक्यौं । तर, पम्पिङ वाटरको हकमा कतिपय स्थानमा सतहको पानी नसुकेसम्म कुर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यस्तै कतिपय मेसिनहरू डुबेर पनि चल्न सक्ने अवस्थामा हुनसक्छन्, मर्मत गर्नुपर्ने हुन्छ, हामीले सबै उपकरणको अवस्था हेर्दैछौँ ।’

मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबारदेखि बागमती र कोशी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । बुधबारदेखि फेरि वर्षा भए केयुकेयलको वितरण तथा पम्पिङ प्रणालीमा गर्ने मर्मतको काममा समस्या आउन सक्ने राईले बताएका छन् ।

केयुकेयलको खानेपानी वितरण प्रणालीमा समस्या भएपछि काठमाडौं उपत्यकामा खानेपानीको समस्या चुलिने सङ्केत देखिएको छ । उपत्यकाका थुप्रै स्थानमा करिब एक हप्तादेखि पानी नआउँदा मानिसहरूको दैनिकीमा असर पर्न थालिसकेको छ ।

यो पनि-

बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ५८ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार