आज २०८० साल पुस १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल पुस १६ गते सोमबारको राशिफल


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १६ गते सोमबार तदनुसार सन् २०२४ जनवरी १ तारिख। यो अंग्रेजी नयाँ वर्षको दिन हो। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन सामान्य राम्रो छ। गुरुसँग वादविवाद हुनसक्छ। राम्रो कामको थालनी हुने दिन छ। इष्टमित्रले सहयोग गर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ।

वृष : समय राम्रो छ। नयाँनयाँ ठाउँमा यात्रा हुने योग छ। व्यापारमा ठगबाट सचेत हुनुपर्छ। आम्दानी र खर्च बराबर भए पनि परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।

मिथुन : तपाईंका लागि आजको दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता हात पर्ने छ। चिट्ठा र शेयरमा लगानी गरेको भए फाइदा हुन्छ। परिवारमा धेरै बहस नगर्नु राम्रो हुन्छ। तर्कका कारण विवाद हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। सहयोग गर्ने भन्दा कुरा काट्ने साथी सक्रिय हुन्छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। साथीभाइसँगको सम्बन्ध राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा विवाद हुने योग छ। परिवारमा भने खटपटी हुनसक्छ। सोचेर बोल्नु राम्रो हुन्छ।

कन्या : दिन सामान्य छ। शनिदेवको छाया परेकाले शिवको ध्यान गर्नु राम्रो हुन्छ। पुराना समस्याको समाधान हुने योग रहेको छ। जस्तोसुकै परिस्थितिमा पनि परिवारको सहयोग रहनेछ।

तुला : दिन त्यत्ति राम्रो छैन। जुनसुकै काम गर्न खोजे पनि बाधा आइपर्ने देखिन्छ । सत्यको विजयी हुने भएकाले तपाईंको जित निश्चित छ। आफ्नै कारण परिवारमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

वृश्चिक : आफ्नै बोलीका कारण मित्रहरु टाढिने खतरा हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुन्छ। परिवारबाट असहयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।

धनु : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। परोपकारको कार्य गर्दा प्रशंसा प्राप्त हुन्छ। समय राम्रो भएकाले आँटेको काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्ने देखिन्छ।

मकर : दिन राम्रो छ। सबै पक्ष सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारबाट धोका हुने योग रहेकाले घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्छ।

कुम्भ : बोलीकै कारण आलोचना हुनसक्छ। गल्ती गरेर माफी माग्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। प्रेममा भने सफलता आइलाग्न सक्छ।

मीन : ठुलो काममा सहभागी नहुनु राम्रो हुन्छ। हरेक क्षेत्र कमजोर भए पनि परिवारको साथ मिल्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथले उत्साह मिल्नेछ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : ०६ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल