खेलकुद

इंग्लिस प्रिमियर लिग : फुलहमसँग आर्सनल स्तब्ध

By खबरहब

January 01, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २–१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो ।

यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल गरेका थिए ।

खेलको पाँचौँ मिनेटमै आर्सलनले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा फुलहमसँग २–१ गोलको हार खान पुग्यो ।

यो खेलपछि २० खेलबाट फुलहम २४ अंकका साथ १३औँ स्थानमा रहेको छ भने ४० अंक भएको आर्सनल चौथो स्थानमा छ ।

यो खेल जितेको अवस्थामा आर्सनललाई शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । शीर्षस्थानमा रहेको लिभरपुलको ४२ अंक छ । यस्तै, दोस्रो स्थानको एस्टन भिल्लाको पनि ४२ अंक नै छ ।