डेनमार्ककी महारानी मार्गरेटबाट राजगद्दी परित्यागको घोषणा | Khabarhub Khabarhub

डेनमार्ककी महारानी मार्गरेटबाट राजगद्दी परित्यागको घोषणा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् ।

नयाँ वर्ष सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनका क्रममा उनले आफू महारानी बनेको ५२ वर्ष पुगेको दिन जनवरी १४ मा औपचारिक रुपमा पद त्याग्ने बताएको बीबीसीले जनाएको छ ।

८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन् ।

मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् । उनी युरोपमा सबैभन्दा लामो समयसम्म ५२ वर्ष पदमा रहेकी छन् ।

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन् ।

उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु, अहिले नै सही समय हो ।’ उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत दिइन् ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ५३ बजे

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय