शाहरुख खानको डंकीले कमायो ११ दिनमा ३६१ कराेड बढी « Khabarhub

शाहरुख खानको डंकीले कमायो ११ दिनमा ३६१ कराेड बढी


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

मुम्बई– शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । राजकुमार हिरानीले निर्देशन गरेको यो पारिवारिक मनोरञ्जनात्मक चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । कमेडीसँगै सामाजिक सन्देश पनि दिने यो फिल्मले बजार तताइरहेको छ ।

डिसेम्बर २१ मा हलमा रिलिज भएको यो मल्टिस्टार फिल्मले सोचेभन्दा राम्रो कमाई गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जसका कारण फिल्मले बक्स अफिसमा लगातार राम्रो कमाई गरिरहेको छ ।

चलचित्रले ११ औँ दिनमा पनि आफ्नो पकड कायम राखेको छ । वर्षको अन्तिम दिन अर्थात दोस्रो आइतबार फिल्मको बक्स अफिस कलेक्सन राम्रो रहेको छ ।

शाहरूखको प्रोडक्सन कम्पनीका रेड चिल्ली इन्टरटेन्मेन्टका अनुसार डंकीले विश्वव्यापी रूपमा ३६१.३० करोड कलेक्सन गरिसकेको छ ।

सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै डंकीले रिलिजको ११औँ दिन अर्थात आइतबार ९.५ करोड भारूको शानदार कलेक्सन गरेको छ । योसँगै डंकीको  हालसम्म भारतमा मात्रै कुल सङ्कलन १८५.७२ करोड रहेको छ ।

फिल्मको हालसम्मको कमाईलाई हेर्दा यसले भारतीय बजारमा छिट्टै २०० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान फरक अवतारमा देखिएका छन् । यो फिल्मबाट किङ खानले छुट्टै जादु बनाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : २४ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य