बालकुमारी घटनामा मन्त्री ज्वालाको सवारीले स्थिति असामान्य बन्यो : प्रहरी महानिरीक्षक कुँवर « Khabarhub

बालकुमारी घटनामा मन्त्री ज्वालाको सवारीले स्थिति असामान्य बन्यो : प्रहरी महानिरीक्षक कुँवर


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताएका छन् ।

सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे जानकारी दिने क्रममा उनले प्रहरी र मन्त्रीको पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको बताएका हुन् ।

‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । युवाहरु प्रदर्शनमा उत्रिएका थिए । तर, प्रदर्शनकारीको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यही गर्ने अवस्थामा रहेको महानिरीक्षक कुँवरले बताए ।

सो घटनामा प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको जानकारी दिँदै उनले २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ३१ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६