प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । 

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ ।

कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन् । त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनाएको थियो । 

उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७-७ रन बनाए । 

कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन् भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान एक-एक विकेट लिए । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ३९ बजे

नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साझेदारी

काठमाडौं– नबिल बैंक र नेपाल इन बिजनेश -ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए)

नेकपा र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता

काठमाडौं– नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका

माओवादी नेता महरालाई २० लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड