रिहा भए जनमत पार्टीका अध्यक्ष सिके राउत | Khabarhub Khabarhub

रिहा भए जनमत पार्टीका अध्यक्ष सिके राउत


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरूले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइ नेपाल प्रहरी क्लबमा राखिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफै पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौँ प्रहरी परिसरले हिरासतमा लिएको बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ५ : ०२ बजे

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

काठमाडौँ– अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली

गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’

काठमाडौँ– गोली प्रहारबाट घाइते भएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी

चर्चामा विश्वका सुन्दर सहर : बस्न लायक भियना

सुन्दरताको आफ्नो मापन हुन्छ। कुन सहर रमाइलो भन्ने व्यक्तिमा निर्भर

जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फर्छ्यौट

जुम्ला– उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत

कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी

काठमाडौं – कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको