विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै कामपा « Khabarhub

विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै कामपा


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ ।  

यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ । हाल कामपामा ८९ सामुदायिक पाँच सय चार निजी विद्यालय सञ्चालित छन् । 

विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले कामपाले यस किसिमको प्रणाली जडान गर्न लागेको हो । यसले बालबालिकालाई सडक सुरक्षा प्रदान सहयोग पुग्छ भने भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिने विश्वास कामपाले लिएको छ । पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । 

पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । दुई मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ । विद्यालय क्षेत्रमा राखिसकेपछि आवश्यकताअनुसार पैदलयात्रीको ठूलो चाप रहेको अन्य स्थानमा पनि यस किसिमको प्रणाली जडान गर्ने तयारी कामपाको छ । 

यसकारण पटकपटक पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन् । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर हुने विश्वास कामपाको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : १५ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्