विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ : मन्त्री बस्नेत « Khabarhub

विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ : मन्त्री बस्नेत


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनु पर्ने बताए ।

अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उनले भने, ‘गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन ।’

प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याय परिसरमा रहेका भवन संरचनामा केही महिनादेखि अस्पताल सञ्चालनमा गरिएको छ ।

यसअघि धनगढीमै आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा मन्त्री बस्नेतले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न लागिएको जानकारी दिए ।

चिकित्सा शिक्षामा सुधार गर्न सकिएमा विदेश पढ्न जानेबाट बाहिरिने ठूलो रकम देशमै रोकिने भई बाहिरबाट पढ्न आउनेबाट धन स्वदेशमा भित्रिई रोजगारीसमेत सिर्जना हुने बताए ।

विसं २०५४ पछि पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ठूलो सङ्ख्यामा स्वास्थ्य कर्मचारीको दरबन्दी थपिन लागिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्ने बताए । समग्र स्वास्थ्यका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउँदै उनले भने, ‘गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।’

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : २६ बजे

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय  वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा