विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : महानगर प्रमुख आचार्य « Khabarhub

विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : महानगर प्रमुख आचार्य


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुने बताएका छन् ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि लेखनाथमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सव समापन समारोहमा उनले निजी क्षेत्रसँगको साझेदारीमा विकासका गति बढाउन सकिने बताए।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिँदै उनले पोखरा आफैँमा सौन्दर्यले भरिपूूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यलगायत कुरालाई समेटेर पर्यटनको राजधानी बनाउनुपर्ने बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा योगदान पुग्ने बताए। क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा गरी वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महोत्सवले महत्त्वपूर्ण योगदान पु¥याउने उनले बताए।

महोत्सव अवधिभर रु नौ करोडभन्दा बढी कारोबार भएको र तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।

सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव १९औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै सबैको सहयोगमा सफल भएको बताए ।

महोत्सवस्थलमा निर्माण गरिएको ‘थ्रिडी आर्ट’सहितको कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघरको नमूना, विभिन्न सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकलाई आकर्षित गरेको थियो ।

महोत्सवबाट हुने बचत रकमबाट प्रदर्शनी स्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, सङ्घद्वारा बेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माणलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक