पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की « Khabarhub

पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोमबार आयोजित प्रदेशसरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरू बीच गरिएको नीति अन्तरक्रिया उनले सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको जानकारी दिए।

पर्यटकहरुको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारण कायम गर्ने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरुको सुझावअनुसार ऐनमा संशोधन गर्ने बताए ।

उनले पर्यटन व्यवसायी समेत सरकारको दूत रहेकाले संयुक्तरुपमा भारतको विहार, बङ्गालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिए ।

मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठ, होटल व्यवसायी सङ्घ प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतले भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था एवं राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने सुझाव दिए।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ३४ बजे

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध