आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १८ गते बिहीबारको राशिफल


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १८ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी १ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। बोलीमा नम्रता र शब्दमा मधुरता पाइन्छ। सबै मित्रसँग भेट्ने योग छ। विदेशको यात्रामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहने छ।

वृष : समय राम्रो छ। धर्म, अर्थ, ज्ञान र विज्ञानको विवेचना हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्र सबल छन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध मजबुत बन्नेछ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानीले राम्रो परिणाम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र आर्थिक क्षेत्र भने विवादित छन्।

कर्कट : झुटा आरोप लाग्ने देखिन्छ। आफन्तको फुट देख्नुपर्ने हुनसक्छ। परिवारबाट सहयोग निरन्तर प्राप्त हुनेछ। जागिरको खोजीमा हुनुहुन्छ भने नयाँ अवसर मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। कर्म क्षेत्र सबल छ। मनमा उत्साह र उमंग छाउने छ। बाहिरबाट प्रशंसा भए पनि परिवारमा विश्वासको संकट देखिन्छ। यसले विभिन्न काममा झन्झटको सामना गर्नुपर्नेछ।

कन्या : आम्दानी राम्रो हुनेछ। आफन्तको साथ मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानबाट सचेत हुनुपर्ने देखिन्छ।

तुला : दिन सामान्य राम्रो छ। अरुले राम्रो देखे पनि मन खुशी हुने देखिँदैन। मनमा त्रास रहन्छ। हनुमानको चिन्तन गरेमा मन शान्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। यो संघर्ष गरेर देखाउने समय हो। न्याय प्राप्त गर्न प्रतिवाद गर्नुपर्नेछ। सत्यको न्याय हुने भएकाले तपाईंको जित निश्चित छ। परिवारको सहयोग मिल्नेछ।

धनु : दैनिकी राम्रो छ। परिवारको आग्रहमा नयाँ ठाउँमा घुम्ने अवसर मिल्नेछ। संगतले मनमा उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : समय सामान्य राम्रो छ। गलत आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। शिक्षाको क्षेत्र सबल छ। परिवारको साथ मिल्नेछ।
कुम्भ : दिन सामान्य छ। कम बोल्नु राम्रो हुन्छ। धेरै बोल्दा विवाद हुनेछ। पिपलको दर्शन गर्नुभयो भने हरेक क्षेत्र सफल बन्नेछन्। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ। परिवारले शंका गर्ने योग छ।

मीन : दिन राम्रो छ। धर्म र अर्थका क्षेत्र सबल छन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिलाई सेवा गर्ने क्षेत्र हो भनेर व्याख्या गर्ने क्षमता प्राप्त हुनेछ। बौद्धिक परिवारबाट सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : १० बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न