बलिउडका महँगा बडिगार्ड | Khabarhub Khabarhub

बलिउडका महँगा बडिगार्ड


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका नायकहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन बडिगार्ड बिना सम्भव हुँदैन । उनीहरूलाई हजारौँ समर्थकले घेर्दा गन्तव्यमा पुर्‍याउने जिम्मेवारी बडिगार्डकै हुन्छ ।

बलिउडका धेरै कलाकारले लामो समयसम्म एकै बडिगार्ड राखेका छन् । उनीहरूलाई मासिक मोटो रकम तलब दिएर ती कलाकारले आफ्नो सुरक्षाका लागि राखेका छन् ।

शाहरुखका बडिगार्ड सबैभन्दा महँगा
शाहरुख खान सबैभन्दा बढी फ्यान फलोइङ भएका नायक हुन् । उनी धनी कलाकार पनि हुन् । उनलाई बडिगार्डको सहायताबिना बाहिर निस्कन सम्भव नै छैन भन्दा फरक पर्दैन ।

शाहरुखका बडिगार्डको नाम रवि सिंह हो । उनले सुरक्षा दिए वापत् शाहरुखबाट मासिक २५ लाख भारु तलब बुझ्छन् । अर्थात् शाहरुखले एउटै बडिगार्डका लागि वार्षिक तीन करोड खर्च गर्छन् । भारतीय मिडियाका अनुसार रवि नै बलिउडका महँगा बडिगार्ड हुन् ।

कसका बडिगार्डले कति लिन्छन् तलब ?
बलिउडका सेलिब्रेटी हुन् शेरा । सलमान खानलाई लामो समयदेखि सुरक्षा दिइरहेका शेराको मासिक तलब १५ लाख भारु हो ।

सुरक्षा दिए वापत् सलमानले शेरालाई वार्षिक दुई करोड तलब दिन्छन् । शेरा पछिल्लो २९ वर्षदेखि सलमानको साथमा छन् ।

त्यस्तै, अर्का नायक अमिर खानले पनि बडिगार्ड युवराज घोरपडेलाई मोटो रकम बुझाउँछन् । घोरपडेको वार्षिक तलब पनि शेराको जत्तिकै छ । अर्थात् अमिरले घोरपडेलाई वार्षिक दुई करोड बुझाउनुपर्छ ।

अक्षय कुमारका बडिगार्ड श्रेयस ठेले हुन् । उनले अक्षयबाट वार्षिक एक करोड २० लाख भारु बुझ्छन् ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ३२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’