गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसो गर्नुहोस् « Khabarhub

गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसो गर्नुहोस्


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ ।

बसमा लामो यात्रा गर्दा वाता हुने धेरै मानिसको समस्या हो । यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ ।

यो समस्यामा गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।

यदि तपाइँमा गाडी चढ्दा वान्ता हुने समस्या छ भने यी कुरामा ध्यान दिनुहोस्–

गाडीमा लामो यात्रामा हिँड्दा धेरै उत्सुकताका साथ बाहिर हेरी रहँदा चक्कर लाग्ने र उल्टी आउने हुन्छ ।
– यस्तो बेलामा गाडीमा यात्रा हल्का खाना खाएर गाडीको अगाडिको सिटमा बस्दा यो समस्या कम हुन्छ ।
– धेरै रिँगटा लाग्ने र टाउको दुख्ने मानिसले धेरै पटक झ्याउबाट टाउको निकाल्ने र बाहिर हेर्ने पनि गर्नु हुँदैन ।
– यस्तो समस्या भएको बेलामा कागती पनि खान सकिन्छ ।
– रक्सी चुरोट खाएर यात्रा नगर्ने ।
– यात्रा गर्नु भन्दा ३० मिनेट अगाडि एन्टीहिस्टामेनिकप्रोमेथाजरिन औषधि खान सकिन्छ ।
– चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ । पेट खाली नराख्नुस, साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस ।
– खानेकुराहरू खाइराख्ने, अन्य कुरामा मन लगाउने र सँगै बस्ने व्यक्तिसँग कुरा गर्नाले पनि यो समस्या कम हुन्छ ।
– बसको झ्याल खोलेर ताजा हावा लिँदा पनि वान्ता नहुन सक्छ ।

– गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ५२ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र