दुवै चुनावका लागि आयोगमा दर्ता भयो एमाले « Khabarhub

दुवै चुनावका लागि आयोगमा दर्ता भयो एमाले


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तत: नेकपा एमाले पनि आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दर्ता भएको छ।

नेकपा एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि एमालेको दर्ता नम्बर ९३९ प्राप्त भएको छ।

उता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले ९७१ नम्बरमा दर्ता भएको छ । एमालेको समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ।

एमालेले गत भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनलाई गलत भन्दै आएको छ । उसले फागुन २१ मा निर्वाचन नै हुन नसक्ने जनाउँदै संसद् फर्काउने पर्ने मत राख्दै आएको छ।

तर भदौ २४ गतेसम्मको सत्ता सहयात्री नेपाली कांग्रेस पनि निर्वाचन आयोगमा दर्ता भएपछि एमाले दबाबमा परेको थियो । यस्तोमा दर्ता हुने समयको एक दिनअघि नै एमाले निर्वाचन आयोगमा दर्ता भएको हो ।

एमालेले पछिल्लो समय केन्द्रदेखि वडासम्म आफूलाई चलायमान गरेको छ। काठमाडौंमा दुईवटा ठूला प्रदर्शन गरेको एमालेले मंसिर २७ गते ११ औँ महाधिवेशन पनि गर्दैछ । महाधिवेशनपछि एमालेले आफ्नो सम्पूर्ण शक्ति निर्वाचनतिर लगाउने सम्भावना छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : २७ बजे

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र