इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा चेल्सी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा चेल्सी पराजित


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभर पुलले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–१ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका डिअगो जोटा, कोनर ब्राड्ली, डोमिनिक र लुइस डिआजले एक एक गोल गरेका थिए । यस्तै, चेल्सीका क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए ।

खेलमा लिभरपुलका जोटाले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राड्लीले ३९औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

६५औँ मिनेटमा डोमिनिकले गोल गर्दै खेलालाई ३–० को स्थितिमा ल्याए । ७१औँ मिनेटमा चेल्सीका क्रिस्टोफरले एक गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा ल्याए । तर ७९औँ मिनेटमा लिभरपुलका लुइसले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुलले २२ खेलबाट ५१ अंक जोडेर आफ्नो अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४६ अंक छ । पराजित भएको चेल्सी ३१ अंकसहित दशौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : ४८ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति