गणेशमान मार्ग स्तरोन्नतिका लागि बजेट विनियोजन « Khabarhub

गणेशमान मार्ग स्तरोन्नतिका लागि बजेट विनियोजन


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि  बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन आठ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि  नगर प्रमुख  गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च पदस्थ कर्मचारीले गणेशमान मार्गको हिजो अनुगमन गरेका हुन् ।

गत पुस २८ गते सो मार्ग अन्तर्गत सेतोपहरोमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । अनुगमनका क्रममा मन्त्री ज्वालाले सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गर्नुभयो । उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ  ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १० : २३ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका