विकासमा जुट्दै गोगनेवासी « Khabarhub

विकासमा जुट्दै गोगनेवासी


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् ।

जन्म लिएको भूमिलाई देश-विदेशमा चिनाउने तथा गोगने क्षेत्रलाई पवित्र धार्मिकस्थल बनाउने लक्ष्यका साथ गोगनेका न्यौपाने समाजले यहाँ विभिन्न संरचना निर्माण गरिरहेको छ । समाजले टेम्केमैयुङ–८ गोगनेको धाइपाको विष्णु पाञ्चायन मन्दिरको निर्माण गरेको छ ।

जन्मभूमिको सम्मानस्वरुप यहाँको विष्णु पाञ्चायन मन्दिर स्थापना गरेर अमृत सरोवर पोखरीमा निर्माण थालिएको गोगनेका न्यौपाने समाज काठमाडौँका अध्यक्ष  भानुभक्त न्यौपानेले बताए । धाइपालाई नेपालको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गराउँदै धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।  

‘जन्मभूमिको सम्मानस्वरुप हामी यो ठाउँको विकासमा जुटेका छौँ’, अध्यक्ष न्यौपानेले भने, ‘यही भूमिमा जन्मेर हामी विभिन्न ठाउँमा पुगेका छौँ, उन्नति, प्रगति गरेका छौँ, हामीलाई यो स्थानमा यही माटोले पुर्यायो, अहिले हामी जन्मभूमिको विकासमा जुटेका छौँ, यो स्थानलाई नेपालको एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउने हामीले लक्ष्य लिएका छौँ ।’

गोगनेका न्यौपानेको अगुवाइमा यो स्थानमा २०७५ साल माघमा विष्णु पाञ्चायन मन्दिरको स्थापना गरिएको थियो । यहाँ निर्माण गरिने पोखरीमा नेपाल तथा भारतका विभिन्न पवित्र धार्मिकस्थलबाट जल ल्याइने जनाइएको छ । यो क्षेत्रको बृहत् विकास गर्दै धार्मिक पर्यटनका  लागि बाहिर गइरहेको पैसालाई नेपालमा नै खर्च गर्ने वातावरण निर्माण गर्ने लक्ष्यले विष्णु पाञ्चायन मन्दिरको विकास भइरहेको न्यौपानेका आदिपुरुष षडानन्दका वंशज पूजा प्रतिष्ठानका संरक्षक दयाकृष्ण न्यौपानेले बताए । 

यहाँ निर्माण हुने अमृत सरोवर पोखरीमा देश–विदेशका विभिन्न पवित्र धार्मिक क्षेत्रको जल ल्याइने भएकाले भारतलगायत अन्य ठाउँका धार्मिकस्थलमा नुहाउँदा प्राप्त हुने फल यहीँ प्राप्त हुने उनको भनाइ छ । यो धार्मिकस्थललाई नेपालको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए ।

विष्णु पाञ्चायन मन्दिर परिसरमा न्यौपानेका आदिपुरुष षडानन्दको सालिक, विष्णुपादुका, अष्टचिरञ्जीवी, नवग्रहलगायत देवीदेवताको मूर्ति स्थापना गरिएको छ । मन्दिर परिसरको घेराबारसँगै हेलिप्याडसमेत निर्माण गरिएको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष ध्रुवराज रेग्मीले बताए । 

यो क्षेत्रको विकासका लागि दाताबाट रु ५० लाख बराबर सहयोग प्राप्त भएको उनले बताए । यो स्थानलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ प्रतिष्ठानले भावी योजना अघि बढाएको अध्यक्ष रेग्मीको भनाइ छ । 

धार्मिक सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै लोपोन्मुख भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, वेशभूषा, संस्कार, संस्कृति र भाषाभाषीको शिक्षा दिन पाठशाला स्थापना गरिने अध्यक्ष रेग्मीले बताए ।

पोखरी शिलान्यासको अवसरमा धाइपामा रहेको जाल्पा प्राथमिक विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन यहाँका २९ बालबालिकालाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : १४ बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।