आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १८ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च १ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी राम्रो छ । मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ । अरुलाई विश्वास गर्नु धोखा हुनेछ । श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्ममा मन जानेछ ।

मिथुन : दिन राम्रो छ । अचानक हुनसक्ने जोखिम टर्ने योग छ । परिवारको साथ मिल्नेछ । विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ ।

कर्कट : दिन सामान्य छ । तपाईंको राम्रो कामलाई लुकाएर एउटा नराम्रो कामको खोजी हुनसक्छ । आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ । परिवारबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ । परिवारमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ ।

कन्या : समय राम्रो छ । चन्द्रमा दाहिना छन् । हिम्मत गर्नुभयो भने लक्ष्यमा पुग्ने दिन छ । ठुलो लगानी गर्ने समय आएको छ । परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ ।

तुला : दिन राम्रो छ । आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिलनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानकिो अवसर जुट्ने देखिन्छ । हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ ।

वृश्चिक : समय सामान्य राम्रो छ । शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन् । अचानक रोग बढ्ने जोखिम छ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ ।

धनु : दिन राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । परोपकार गर्नु राम्रो हुनेछ । लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन सामान्य छ । हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ । परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ ।

कुम्भ : दिन सामान्य छ । आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ । आज हरेक क्षेत्रमा विवाद हुनसक्छ । शिवको दर्शन गरेर कामको सुरुवात गर्नु रामे हुन्छ । परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

मीन : अचानक धन खर्च हुने योग छ । खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । मनमा उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमो गरेको लगानीले खुशी दिनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : १५ बजे

बजेटमा दुग्ध व्यवसायीका अपेक्षा – भ्याट र विद्युत महसुल छुट (भिडियोसहित)

काठमाडौं – नेपालमा डेरी (दूग्ध) व्यवसाय अहिले निकै समस्यामा रहेको

सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार

अपराध अदालतको घोषणाले ल्याएको तरंग

युद्ध अपराध र मानवता विरोधी अपराधका कारण जेल जान सक्ने

‘लू’बाट नागरिकलाई जोगाउन गृहको परिपत्र

काठमाडौ‌– गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’बाट नागरिकलाई जोगाउनका लागि