प्रतिनिधिसभा बैठक बस्दै, बिमस्टेक बडापत्र प्रस्तुत गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, बिमस्टेक बडापत्र प्रस्तुत गरिने


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । र, परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् । 

अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मुल्याङकन विधेयक २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

साथै, सो विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : २१ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा